१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

टाठाबाठा मात्र सुखी सम्पन्न हुँदै जाने निमुखाको जीवनस्तर कहिले माथी उठ्ने — पूर्वराजा

टाठाबाठा मात्र सुखी सम्पन्न हुँदै जाने निमुखाको जीवनस्तर कहिले माथी उठ्ने — पूर्वराजा
अ अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्व साधारणाहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति  त्याग्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले विज्ञप्तीमार्फत यस्तो अभिव्यक्ति दिनुभएको हो । 
 
यस्तै उहाँले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्ने बताउँदै यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्दको अन्त हुनुपर्ने र समन्वय, सामञ्जस्य पनि रहनुपर्ने बताउनुभएको छ । 

यस्तो छ नयाँ वर्षको अवसरमा पूर्वराजाको सन्देश (पूर्णपाठ)

नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,
आज हामी अर्को नयाँ वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गर्दैछौँ । सदा झैं हामी नेपाल भित्र र विश्वका विभिन्न भुभागमा रही बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछौँ ।

हरेक तीथि बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ, स्वभावत हरेक नयाँ वर्षमा सूख, सम्मून्नति, शान्ति र सन्तुष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जान्छन् । कालक्रममा यस्तो हुनु हुन्न र नेपाली जनताको आकांक्षा पुरा हुँदै जानू पर्दछ भन्ने हाम्रो कामना हो । 

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्ने बताउँदै यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्दको अन्त हुनुपर्ने र समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ ।

हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा वारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ  । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानुछ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानू पर्ने आवश्यकता हो । टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्व साधारणाहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति पनि त्याग्नै पर्ने हुन्छ ।

नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौँ जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हूनू पर्दछ, एउटै कामना हुनुपर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हूनू अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गर्यौँ भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । मेची महाकाली – देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो । न जाती न भाषा (  सबै नेपालीको एउटै आशा । पहाडका गाउँ गाउँमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फाँटहरुलाई झुलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपूर्ण पारौं ।

यिनै भावनाकासाथ नयाँ वर्ष साच्चिकै नयाँ रहोस् र नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।