१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छः प्रम

राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छः प्रम
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुुर्याउन आवश्यक रहेको बताउनुुभएको छ । शिवपुुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालीम समापन समारोहमा उहाँले हाम्रो जस्तो सानो र विकासमा पछि परेको मुलुकले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुुभयो, “आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्, अनुुचित क्रियाकलापमा मुुछ्ने, शान्ति सुुव्यवस्था खलबल्याउने तथा भय एवं आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुुनुपर्छ ।”

आतङ्कवादको कुनै सीमा नहुने हुुनाले त्यसलाई हाम्रो मुलुुकमा पस्न दिन नहुने बताउँदै उहाँले भन्नुुभयो, “आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस् ।” कुुनै राज्यलाई अप्ठेरोमा पार्नुुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले इष्र्या, अहङ्कार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने धारणा राख्नुुभयो ।

उहाँले भन्नुुभयो, “सुुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती मुुलुकलाई विभाजन गर्न खोज्ने तत्व हुन् ।” सामाजिक मूूल्यमान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुुन्दरता हो, एकता बल हो ।”

विविधता, सहअस्थित्व, सहकार्य, पारस्परिक सहयोग हाम्रा राष्ट्रिय पहिचान भएको बताउँदै उहाँले भन्नुुभयो, “मुुलुकको खतरा भनेको साम्प्रदायिकता हो, हिंसाको राजनीतिबाट नेपाललाई मुक्त गरिएको छ । हिंसा जनताको बाध्यता भए पनि छनोट हुन सक्दैन ।” लहड र रहरको रुपमा हिंसालाई कहिल्यै छनोट गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो हितमा हुुन्छ, राष्ट्रिय हित न्यायमा आधारित हुुनुपर्छ ।” 

 राष्ट्रिय सुरक्षाको विषय शान्ति, सुरक्षा, जनताको चाहना, सुुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रणसँग जोडिने बताउँदै उहाँले ‘राष्ट्रिय हित र सुरक्षाको पाटो सेनाको एकल जिम्मेवारीबाट मात्र होइन, सरकार र नागरिक समाजको दायित्वभित्र पर्छ’ भन्नुभयो । विसं २०७७ मा मेलम्चीको पानी आएको, रानीपोखरी उद्घाटन भएको तथा अरु विकास निर्माण र पूूर्वाधार निर्माणका हिसाबले राम्रै रहे पनि कोभिड–१९ को प्रभाव र केही नेताको राजनीतिक छटपटीले देशलाई आक्रान्त तुुल्याएको प्रधानमन्त्रीले धारणा राख्नुुभयो । समारोहमा प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा, विकास र समृद्धिको विषय सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छ ।” राष्ट्रिय सुरक्षालाई सशक्त र बलियो बनाउन सरोकारवालाबीच समन्वय, सहकार्य र मतैक्यता हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षबारे जानकार हुनुपर्छ ।”

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहबाट २५ शिक्षार्थीको सहभागिता थियो ।

छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै यसअघि बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारीजस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले कलेजबाट सञ्चालन हुँदैआएको विभिन्न गतिविधिबारे जानकारी दिँदै खुला छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।  तालीममा विदेश मामिलाविज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाश प्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिनुभएको थियो ।