१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

प्रतिनिधिसभाको शुन्य समय: कस्ले के भने?

प्रतिनिधिसभाको शुन्य समय: कस्ले के भने?
संघीय संसद। फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझिले दुग्ध किसानहरुको करिव ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य रायमाझिले दुग्ध किसानहरुले सरकारी निकाय र निजी डेरीहरुबाट करिब ७ अर्ब रुपैयाँ नपाएका भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो । उहाँले दुध, दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको भन्दै यसको आयातलाई रोक्न पनि माग गर्नुभयो । उहाँले उखु किसानको बक्यौता रकम पनि भुक्तानी गर्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा उत्पादन हुने दुध, दुधजन्य पदार्थ र नेपालमा आत्मनिर्भर हुँदाहुँदै भारतीय आयातलाई रोक्न र नेपाली उत्पादनको मर्म बुझिदिन जोडदार माग गर्दछु । उत्पादित दुधमध्ये ३ लाख लिटर बजारमा खपत हुन सकेको छैन । करिव ७ अर्ब बक्यौता रकम किसानले पाएका छैनन् । अविलम्ब भुक्तानी गरियोस् । नेपाली किसानले उत्पादन गरेको दुध, माछा, तरकारी लगायतका उत्पादनको उचित मुल्य पाउने वातावरणका लागि खुला सिमामा प्रभावकारी अनुगमन बढाइयोस् । उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी होस् । धानको समर्थन मुल्य तोकिएकोले धान खरिद प्रक्रिया अगाडी बढाइयोस् ।’

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सडक दुर्घटना निरन्तर बढीरहेको भन्दै सडक दुर्घटना नियन्त्रणका लागि नियमनकारी निकाय आवश्यक रहेकाले सडक सुरक्षा परिषद् निर्माण गर्न माग गर्नुभयो । उहाँले असुरक्षित सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘असुरक्षित, मापदण्ड विहिन सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी, चालकका लापरबाहीका कारण दुर्घटना नागरिक जिवनको क्षतिको एक नियती बनेको छ । सडक दुर्घटनालाई कम गर्नका लागि छुट्टै नियमनकारी निकाय आवश्यक भएकोले सडक सुरक्षा परिषद् निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले आरती शाहको न्यायको निम्ति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य बिना लामाले तिहारमा चिनीको आवश्यक पर्ने भएकाले जनतालाई सुपथ मूल्यमा चिनी उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भिर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदछु । भारत, बंगलादेश र भुटान तिन देशसँग निकटमा रहेको हाम्रो एकमात्र सीमा नाका काँकडभिट्टा हो । भारतीय अध्यागमनले पर्यटकको प्रवेश खुला नगरेका कारण काकडभिट्टा नाकामा पर्यटक आवागमनमा अवरोध जारी छ । यसले पर्यटन र समग्र व्यवसायमा असर परिरहेको छ । सरकारले अविलम्ब भारत सरकारसँग सम्वाद गरेर काकाभिट्टा नाका सुचारु गराउन म सरकारसमक्ष आग्रह गर्दछु ।’

प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले पत्रकारको न्युनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी भएको भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मुलुकमा जात, जातिको नाममा, धर्मको नाममा वा अन्य अराजक गतिविधि गरि यो व्यवस्थालाई कमजोर गर्ने काममा ज्यान फालेर अराजक तत्व लागिरहेका छन् । यतिखेर दुर्गा प्रसाईँ जस्ता अराजक भिडले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । सुशासन र विकासमा सबैभन्दा योग्य सावित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्वलाई सरकारले कारबाहीको दायरामा ल्याउनका निम्ति सम्माननीय सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य सरिता भुसालले नेपालको घिउको अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको भन्दै घिउलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य शान्ति चौधरीले बस र प्लेन भाडा बढेको भन्दै समयमै नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले मुक्त कमैया अहिलेपनि भूमि र आवासविहिन भइरहेका भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य सुशिला थिङले आरती साहको न्यायको निम्ति माईतीघर मण्डलामा अनशनरत व्यक्तिहरुलाई प्रहरीले दमन गरेको भन्दै यस घटनाप्रति छानविन गर्न समिति गठन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ०४७ साल पछि राज्यको माथिल्लो तहमा पुगेका सबैको सम्पत्ति छानविन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा बैठकको शुन्य समयमा प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले एक मिनेट उभिएर मौन धारण गर्नुभयो । उहाँले आफूलाई उपलब्ध भएको समयमा विरोध स्वरुप केही नबोलि एक मिनेट उभिएर बस्नुभएको हो । त्यसैगरी अन्य सांसदहरुले समेत शुन्य समयमा बोल्दै आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा भइरहेका विकास निर्माणका कामहरुको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।