२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौँको गोठाटारबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।”

यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसहित दुई सय ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु फेला परेको जनाएको छ । रासस