प्यूठान । जिल्लाको स्वर्गद्वारी मन्दिर नजिकैको रुमालेमा जीप दुर्घटना हुँदा दुईजनाको निधन भएको छ ।
आज बिहान पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप दुर्घटना भएको हो ।
गाडीमा १५ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना परिचालन गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।








