१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चिनियाँ समाजसेवी सि चोङ योङलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ पदक

चिनियाँ समाजसेवी सि चोङ योङलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ पदक
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले चिनियाँ बुद्धिस्ट एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सदस्य तथा नेपालको समाज सेवामा कार्यरत चिनियाँ नागरिक सि चोङ योङलाई  कृतिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित गर्नुभएको छ । राष्ट्रपति भबनमा आयोजित कार्यक्रममा चिनियाँ नागरिक सिलाई बिभूषित गर्नुभएको हो ।  नेपाल सरकारले सबिधान दिवसका दिन उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको थियो ।

 नेपालमा रहेर समाज सेवा गर्ने र नेपाललाई विश्वका अरु देशसँगको सम्बन्धमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई यो पदक प्रदान गर्ने गरिन्छ । सिले नेपाल चीन सम्बन्धमा विशेष योगदान पुर्याएको तथा विसं २०७२ को भूकम्प तथा हाल नेपालमा जारी कोरोना महामारीको रोकथामको काम पनि विविध उल्लेखनीय सहयोग गरेकोमा नेपाल सरकारले सो पदकबाट उनलाई विभूषित गरेको हो ।  

सि लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बामा चीन सरकारका निर्देशक हुन् । गएको करिब ११ वर्षदेखि प्राय नेपालमै र बढी लुम्बिनीमा बस्दै आएका उनले दुई देशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरिरहेका छन् । नेपालमा विसं २०७२ मा गएको भूकम्प तथा हाल जारी कोरोना महामारीमा उनको पहल र समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदै आएको छ । 

चिनियाँ बुद्धिष्ट एसोसिएसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाका तर्फबाट हालै कोरोना महामारीका समयमा पनि उनको पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ । चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र पाँच हजार जना बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका थिए । 

नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसिएसनको तर्फबाट सहयोग जुटाउँदै आएका उनैको पहलमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको थियो । त्यस्तै भूकम्पका समयमा काठमाडौँ तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो ।