१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आयल निगमले ल्यायो इआरपी, महत्वाकाङ्क्षी तर सम्भव योजना

आयल निगमले ल्यायो इआरपी, महत्वाकाङ्क्षी तर सम्भव योजना
अ अ+ अ-

काठमाडौं । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोगमा ल्याइरहेको निगमका इञ्जिनीयर राजन नेपाल बताउनुहुन्छ । 

निगमले हाल विभिन्न कार्यका लागि भिन्नभिन्न सफ्टवेयर प्रयोग गरिरहेको छ । यसका लागि कर्मचारी प्रशासन, लेखा, बिलिङ जस्ता सफ्टवेयर प्रयोगमा रहेका छन् । अब यो नयाँ प्रणाली शुरु भएपछि त्यस्तो हुने छैन । यी सबै इकाइलाई एकै सफ्टवेयरभित्र एकीकृत गरिने छ । निगमले यो योजना सफल बनाउन अहिले इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) परियोजना सञ्चालन गरिरहेको छ । 

के हो इआरपी  ?

विसं २०७७ साउन १ गतेदेखि शुरु भएको यो इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) परियोजनाले निगमको सम्पूर्ण कागजी प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड प्रविधिमा रुपान्तरण गर्नेछ । निगमका सम्पूर्ण कार्यलाई एक आपसमा पारदर्शी र देखिने बनाउन यो परियोजनाले काम गर्दैछ । त्यही उद्देश्य हासिल गर्न निगमले विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । 

बोलपत्रबाट जर्मनीमा विकास गरिएको एसएपी बिजनेस १ नामको सफ्टवेयर खरीद गर्न छनोट भएको हो । निगमले यस सफ्टवेयरको लाइसेन्स, पूर्वाधार निर्माण र मानव संशोधनका लागि करीब रु २२ करोड खर्च गरेको छ । विश्वका तेल र ग्यास उद्योगसँग सम्बन्धित ७० प्रतिशतले यही सफ्टवेयर प्रयोगमा ल्याइरहेको इञ्जिनीयर एवं परियोजनाका प्रमुख राजन नेपालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘यो सफ्टवेयर भारत, तान्जानिया र सिङ्गापुरजस्ता देशमा सफलतापूर्वक प्रयोग भइरहेको छ ।’’ 

अहिले यस प्रविधिको प्रयोगका सन्दर्भमा निगमका इञ्जिनीयर र विदेशी परामर्शदाता इञ्जिनीयरले दिनरात काम गरिरहेको नेपाल बताउनुहुन्छ । उहाँका अनुसार यो सफ्टवेयरलाई यही वैशाख ३ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिनेछ भने साउन १ गतेदेखि “रियल टाइम लाइभ”मा जाने तयारी पनि गरिएको छ । 

सफ्टवेयरले के गर्छ ?

यो प्रविधिले आयल नियमका महाशाखा र त्यस शाखाको सम्पूर्ण विवरणलाई कम्प्युटराइज प्रणालीमा लैजाने छ । जहाँबाट कर्मचारीको नियुक्ति, सरुवा, बढुवालगायत व्यक्तिगत विवरणको तथ्याङ्क अध्यावधिक गर्नेछ । 

वर्सेनि अर्बौं रुपैयाँको कारोवार गर्ने संस्था भएको हुनाले सबै प्रणालीको सही समयमा सही सूचना प्रवाह गर्नका लागि यो प्रक्रिया जरुरी भइसकेको निगमको ठम्याइ छ । यो सफ्टवेयरको प्रयोगपछि निगममा रहेका र आफूले चाहेका तथ्याङ्कको विवरण सहजताका साथ हेर्न, अनुगमन गर्न र रिपोर्ट निकाल्न सकिने छ ।अहिले निगमले प्रयोग गरिरहेका भिन्नभिन्न सफ्टवेयरको अब एउटै प्याकेज हुने नेपालको भनाइ छ । 

साथै बजारमा डिलरको माग, डिलरको क्षमता र उनीहरुको खाताको विवरण एकै क्लिकमा लिन सकिन्छ । सफ्टवेयरको प्रयोग पछि डिलरले गर्ने माग र सो मागका लागि आवश्यकपर्ने रकमका लागि निगम र बैंक धाउनुपर्ने छैन । त्यसका लागि आफ्नो हातमा भएको मोबाइलको सहायताले जुनसुकै स्थानबाट पनि यो काम गर्न सकिन्छ । 

यसैको माध्यमबाट हाम्रो माग र बजारमा अहिले रहेको मौजुदा इन्धनको बारेमा जानकारी लिन सकिन्छ भने लोड भएका गाडीको विवरण लिनसमेत यसले मद्दत गर्नेछ । प्रमुख नेपाल भन्नुहुन्छ, “सफ्टवेयर लागू भएपछि भारतीय आयल निगम (आइओसी) लाई अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । आइओसीले भौचर (इन्भ्वाइस) बनाउनासाथ हाम्रो सफ्टवेयरमा तत्कालै देखिने छ, र भुक्तानी पनि सोही समयमा हुनेछ । अहिले इन्भ्वाइस बन्नुभन्दा १५ दिनअघि ‘अर्डर’का आधारमा भुक्तानी हुने गरेकामा अब तत्कालै अनलाइन ट्रान्सफर हुनेछ ।” 

उहाँले भन्नुभयो,“आइओसीलाई अब ‘इन्टरनेसनल पेमेन्ट गेटवे मार्फत तुरुन्त पैसा पठाउन सकिने भएपछि हामीले वार्षिक झण्डै २२–२५ करोड रुपैयाँ बचत गर्न सक्नेछौँ । इन्धनको मूल्य प्रक्षेपण गर्न पनि यसबाट सहज हुनेछ । यसका अलावा ट्याङ्कर व्यवसायीको भुक्तानी पनि यसै प्रविधिमार्फत् हुनेछ । जसका कारण उनीहरुले भुक्तानीका लागि पर्खनुपर्ने छैन ।”

आइओसीमा कति गाडी लोड भए, कति भन्सारमा आइपुगे, बाटोमा कति गाडी छन् भन्ने जस्ता विवरण “रियल टाइम”मा देख्न र अनुगमन गर्न सकिने स्थिति बनेको छ, नेपाल बताउनुहुन्छ । सफ्टवेयर पूर्ण स्वचालितविधि भएकाले कुनै पनि कर्मचारीले यताउता गर्न सक्ने छैनन् । उहाँ भन्नुहुन्छ, “त्यो समयमा कोको कर्मचारी थिए, किन त्यस्तो काम भयो भन्ने कुरा सफ्टवेयरले आफैँ काम गरिरहेको हुन्छ । यसले काममा छिटो हुनुको साथै कारवाही र भएका गल्ती सजिलै पत्ता लगाउन सकिन्छ । त्यसको विवरण लेखा र ढुवानी शाखालाई जानकारी हुन्छ ।”

निगमको नयाँ सफ्टवेयर पूर्ण रुपमा सञ्चालन गरी व्यवस्थित र सुरक्षित बनाउन निगमले इञ्जिनीयरको विशेष टोली बनाएको पनि नेपालले बताउनुभयो । डेटाको सुरक्षा गर्न र कुनै गडबडी भए तुरुन्तै रिकभर (पुनर्पाप्त) गर्नेगरी थानकोट डिपोभित्र डेटा सेन्टर बनाउने तयारी गरिएको निगमको भनाइ छ । 

परियोजना प्रमुख राजन नेपालले भन्नुभयो, “यही सफ्टवेयरको माध्यमबाट ग्यासका उपभोक्ता, ग्राहकको पनि तथ्याङ् (डेटा) राख्ने छौँ । जसका कारण बजारमा ग्यास भएर पनि लुकाउने डिलरको विवरण थाहा हुनेछ । त्यसरी नै तेल डिपोले पनि आज कतिको तेल बेच्यो र उसको भण्डारमा कति तेल बाँकी छ र उसको भण्डारण क्षमता कति हो जस्ता कुरा पत्ता लगाउन सकिनेछ । ग्राहकले कति समयमा कति ग्यास लिएका छन् भन्ने पनि यसले देखाउँछ ।” 

एएसपी सफ्टवेयरलाई प्रयोगमा ल्याउन र सफल बनाउन निकै उत्साहका साथ खटिनु भएका इञ्जिनीयर नेपाल भन्नुहुन्छ, “सफ्टवेयर जडानका लागि हुने खर्च एक वर्षभित्रै सफ्टवेयरले कमाउन सक्छ । अरु कैयौँ झन्झटबाट मुक्त हुने त छँदैछ ।”निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आयल निगमलाई पूर्ण पारदर्शी, प्रभावकारी र सक्षम संस्थाका रुपमा रुपान्तरण गर्न विभिन्न सुधारका कार्यहरु भइरहेको बताउँदै निगमसँग जोडिएका सबै पक्षलाई इआरपीको प्रयोगले मद्दत गर्ने भएकाले यसमा सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

यस कार्यका लागि प्रविधिको अधिक प्रयोग हुने भएकोले काम चुस्त र समयमै हुनुका साथै प्रभावकारी हुने उहाँले अपेक्षा गर्नुभयो । उहाँले अहिले प्रविधिको जमानामा कसरी सकिन्छ प्रविधिमैत्री रुपमा छिटो र पारदर्शी रुपमा काम गर्नका लागि यो इआरपी प्रणालीले साहयोग पुर्‍याउने धारणा राख्नुभयो । रासस