काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार सर्वदलीय बैठक बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
शुक्रबार मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सर्वदलिय बैठकका बारेमा टेलिफोनमा छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्रीको फोन पछि दाहाल ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा छाडेर फर्कनु भएको थियो ।








