१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?

विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?
अ अ+ अ-

काठमाडा । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राख्नुभएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले बालबालिकाहरु अभिभावक तथा आमा–बुवाको मुटुका टुक्रा भएको उल्लेख गर्दै भन्नुभयो,‘बच्चाहरु राष्ट्रको निधि हुन् र हाम्रा सम्पत्ति हुन्, ती सम्पत्तिलाई स्वास्थ्यको जोखिम मोलेर मृत्युवरण गर भनेर शहिद घोषणा गर्न सकिँदैन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष भण्डारीले भने,‘केही विद्यालयले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गरेको भएपनि केही विद्यालयले भने विद्यार्थीहरुलाई कोचाएर राखेको देखियो ।’ 

त्यस्तै, कार्यक्रममा एनप्याब्सनका महासचिव सुवास न्यौपानेले जस्तोसुकै अफ्ठ्योरो परिस्थिति र महाआपत्तिमा पनि शिक्षाबाट बालबालिका बन्चित हुनु हुँदैन भन्ने विश्वव्यापी मान्यता भएको बताउनुभयो । 

वस्तुस्थितिको सही मुल्याकंन गरेर सरकारले निर्णय गर्नपर्ने उनको भनाई थियो । विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सरकारले अन्यौलपुर्ण वातावरणलाई नराख्न समेत सरकारलाई आग्रह गर्नुभयो । 

उहाँले वायुप्रदुषणको कारण देखाउदै ४ दिनसम्म विद्यालय बन्द गरेकोमा आपत्ति जनाएका थिए । ‘हल्लाको पछि लागेर सरकारले निर्णय गर्न मिल्दैन् ।’, उहाँले अघि भने,‘जहाँ संक्रमण छ, त्यहाँमात्र विद्यालय बन्द हुनुपर्छ । समग्र विद्यालयलाई बन्द गर्नुहुँदैन् ।’ कार्यक्रममा प्याब्सनका अध्यक्ष टिका पुरीले अहिलेनै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको धारणा राख्नुभयो । 

विकराल अवस्था आउनु भन्दा पहिला नै सबै मापदण्डको व्यवस्था गर्ने र नियमको पालन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको कार्य ढाँचा (निर्देशिका) लाई पुर्णरुपले विद्यालयले पालना गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले धेरै विद्यार्थी भएका विद्यालयले दुई सिफ्टमा कक्षा संचालन गरेर र भौतिक दुरी कायम गरेर विद्यालय संचालन गर्नुपर्नेमा जोड दिनुभयो । 

बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिले १४ जिल्लालाई अति प्रभावित भएको र विद्यालय नजान गरेको अपिललाई आपत्ति जनाउदै उनले भने,‘स्वास्थ्य र शिक्षा मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्को निर्णय नै नगरी जारी गरिएको हो ।’

उहाँले आजको विज्ञप्ती शिक्षा तथा प्रविधी मन्त्रायल र काठमाडौं महानगरको सहकार्य र सल्लाहमा आएको उहाँको भनाई थियो । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पालन गरे÷नगरेको अनुगमन र निरीक्षण सरोकारवाला निकायले गर्नुपर्ने उनको माग थियो ।