१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा  आह्वान गर्नुभएको छ । 
उहाँले सनिबार  अपराह्न ट्वीट गर्दै  नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण  नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गर्नुभएको छ ।