१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सेना परिचालन गरेर तत्काल सीमा क्षेत्र बन्द गर्नुपर्छ :डा. सुन्दरमणि दिक्षित

सेना परिचालन गरेर तत्काल सीमा क्षेत्र  बन्द गर्नुपर्छ :डा. सुन्दरमणि दिक्षित
अ अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सिमा नाका बन्द गर्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

उहाँले आईसोलेशन र क्वारेन्टिनको व्यवस्थापनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भन्नुभयो,‘अहिले जात्रा र पर्व मनाउने बेला होईन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उहाँले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन् ।’

उहाँले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदैपनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाउनुभएको छ  । उहाँले भन्नुभयो,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उहाँले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाउनुभयो । उहाँले भन्नुभयो,‘भारतले पनि दिन सकेको छैन् । अरु देशले पनि दिन सकिरहेका छैनन् । नेपाल सरकारले अब जहाँबाट भएपनि किनेर ल्याउनुपर्छ । सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्छ ।’

उहाँले कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो,‘अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच नै अन्तरविरोध छ, यो बेलामा उनीहरुबीच समन्वयकारी हुनुपर्दथ्यो । यो मिलाउने काम क्याविनेटको हो । यसमा प्रधानमन्त्रीले तत्काल साझा निर्णय गर्न निर्देशन दिनुपर्छ ।’ उहाँले अब परीक्षणको दायरा बढाउनुपर्ने, भेन्टिलेटर, अक्सिजन, आईसियुको उचित व्यवस्थापन गर्नुपर्ने पनि भनाई राख्नुभयो । 

डा. दिक्षितले अहिले जुन जुन विद्यालयमा संक्रमणको जोखिम छ, ती विद्यालयहरु तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । र, पठनपाठन भने वैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विज्ञहरुको सल्लाह र सुझावअनुसार विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णयमा पुग्नुपर्ने बताउनुभयो । उहाँले अब कोरोनाको यो दोस्रो लहरलाई कसरी सामना गर्ने भन्नेबारे नेपाल सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने माग गर्नुभयो । उहाँले अब जनता सेल्फ लकडाउनमा बस्नुपर्ने र अनुशासित हुनुपर्ने पनि सुझाव दिनुभयो ।