५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलबारी गोल्डकपः फाइनलमा बिर्तामोड र ब्रिग्रेडब्याइज काठमाडौँ भिड्ने



अ+ अ-

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् ।

शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनलमा प्रवेश गर्न सफल भएको हो । यसअघि आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै बिग्रेडब्वाइज क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ । आज झापा र काठमाडौँ मैदानमा भिड्दै स्वर्णकपको उपाधि हात पार्ने सुरमा छन् ।

बेलबारी गोल्डकपमा गत वर्ष सशस्त्र प्रहरी बल एपिएफ काठमाडौँ विजेता तथा राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । प्रतियोगिताका विजेताले रु आठ लाख नगद तथा उपविजेताले रु पाँच लाख नगद र ट्रफी हात पर्ने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए ।

दिउँसो सुरु हुने फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थिति रहने तयारी भएको गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । “आर्थिक मन्दीको सामना गर्दै चाडपर्वको समयमा स्वास्थ्य र खेलकुदप्रतिको महत्व बढाउन गोल्डकपलाई निरन्तरता दिएका छौँ”, प्रवक्ता बस्नेतले भने, “युवाले लागुपदार्थ दुव्यर्सनबाट टाढा रहेर सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि प्रतियोगिता सफल हुँदै गएको छ ।”

प्रतियोगिताको विभिन्न चरणमा नेपाल र भारतका गरी आठवटा टिम सहभागी भएका थिए । गोल्डकपका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ ।