काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भोली बस्ने भएको छ ।
दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ ।








