१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कुशलको अर्धशतकीय पारीमा मलेसियाविरुद्ध नेपालको शानदार जित

कुशलको अर्धशतकीय पारीमा मलेसियाविरुद्ध नेपालको शानदार जित
अ अ+ अ-

काठमाडौं । मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । 

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । 

यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध सतक पूरा गरेका छन् । ४१ बलको सामना गरेको कुशलले ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ६१ रनको पारी खेले । यस अघि भएको पहिलो खेलमा कुशल र आशिफ दुबैले ले नेदरल्यान्ड्सविरुद्ध अर्धसतकीय इनिङ्स खेलेका थिए । जितका लागि ८ रन आवश्यक हुँदाको अवस्थामा कुशललाई साथ दिएका अशिफ शेख ४२ रनमा पवेलियन फर्किए । २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेको आशिफ पछि ब्याटिङमा आएको उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहँदा नेपालले लक्ष्य भेटाउन सफल भएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेशियाले १६।५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्किएका थिए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । टोलीले ३४ रन बनाउँदा ३  रनमा मैदानबाट बाहिरिन बाध्य बने ।

तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंह ६ रनमा सोमपालको बलमा बोल्ड भए । चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिज २७ रनको योगफल तयार पार्दा दिपेन्द्रसिंह ऐरीको बलमा आशिफ शेखबाट समातिए । अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट निकाल्दा सन्दिप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नाममा एक एक विकेट रह्यो ।  

जितसँगै नेपालले शृखंलामा लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्षता कायमै राखेको छ । २ खेलमा स्पष्ट जित निकालेको नेपालको ४ अंक भएको छ भने दुई मध्ये एक खेलमा जित निकालेको नेदरल्यान्ड्स २ अंकका साथ दोस्रो र अंकविहिन मलेशिया तेस्रो स्थानमा छ । अर्को खेल नेपालले मंगलबार त्रिभुवन विश्व विद्यालयको मैदानमा नेदरल्यान्ड्सँग खेल्नेछ ।