काठमाडौं । अबदेखि मास्क लगाएर मात्र सार्वजनिक यातायात चढ्न पाइने भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनमा मास्क नलगाई चढ्न नपाईने जानकारी दिनुभएको हो ।
यस्तै मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ ।








