७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

विश्वकपमा डि ककको लगातार दोस्रो शतक

विश्वकपमा डि ककको लगातार दोस्रो शतक
अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले अष्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका छन् । डि ककले ९० बलमा आफ्नो शतक पुरा गरेका हुन् । आइसिसी विश्वकप २०२३ मा डि ककको यो लगातार दोस्रो शतक हो । उनको यो ओडिआई करिअरको १९ औं शतक हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५ रन बनाएको छ । डि कक १ सय बलमा ८ चौका र ५ छक्कासहित १ सय ९ बनाएर म्याक्सेलको बलमा आउट हुन पुगे ।

पहिलो विकेटका लागि डि कक र कप्तान टेम्बा बभुमाले १९.४ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । बभुमा ५५ बलमा २ चौकासहित ३५ रनमा आउट भए । रास्सी भान डर डुसेन ३० बलमा २ चौकासहित २६ रनमा आउट भए ।

यसअघि डि ककले श्रीलंकाविरुद्ध पनि १ सय रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा डि ककसँगै डुसेनले १ सय ८ र माक्ररमले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाउदा श्रीलंका १ सय २ रनले पराजित भएको थियो ।