१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापना

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड स्थापना
अ अ+ अ-

काठमाडौं । गैर आवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ । 

संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता भइसकेको छ । यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धता समेत प्राप्त भइसकेको संघले जनाएको छ ।

फण्डबारे जानकारी दिने उद्देश्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैर आवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादन मुलक र रोजगारी मुलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गर्नुभयो । 

अर्थ मन्त्री पौडेलले गैर आवासीय नेपालीहरुको पूँजी मात्रै भित्र्याउने मात्रै भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी दुत भएर काम गर्न सुझाव दिनुभयो । 

यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ प्रणाली मार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउने तर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकुल वातावरण निर्माण गरिदिने प्रतिवद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गर्नुभयो । 

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडि देखि लगानी गर्दै आएको भएपनि सन २०१२ देखि सामुहिक रुपमा लागनी भित्र्याउन शुरु गरेको बताउनुभयो । अहिले पनि १० अर्ब रुपैयाँ समुहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम शुरु गरिएको बताउनुभयो । 

केही वर्ष भित्रमा यो फण्डलाई बढाएर ५० अर्ब भन्दा माथि पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट शुरु भएको फण्डलाई १ खर्ब पु¥याउने योजना रहेको पनि बताउनुभयो । सो फण्ड मार्फत पूँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताउनुभयो । त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि बताउनुभयो । 

एन.आर.एन. नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आई.पी.ओ.) निष्काशन गरिनेछ ।