७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कप: नेपालद्वारा इरान २ सय ७४ रनले पराजित



अ+ अ-

काठमाडौँ । यू–१९ प्रिमियर कपमा नेपालले कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङमा इरानलाई २ सय ७४ रनले पराजित गरेको छ ।

नेपालले जितका लागि दिएको ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रन बनाएर अल आउट भयो ।

इरानका ओपनर आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । साबेर इब्राहिमपुर ११ रनमा नट आउट रहँदा अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिँदा हेमन्त धामी र आकाश चन्दले समान दुई दुई विकेट लिए ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो ।

नेपालको लागि कप्तान देव खनालले शानदार शतक प्रहार गरेका थिए । यस्तै, ओपनर दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धशतक बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र ४ छक्काको मद्दतमा एक सय रनको योगदान दिएका थिए । दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र २ छक्का हानेका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए ।

देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुभास भण्डारी १८ रन जोडे ।

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।