१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको पेशी आज पनि स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेकोमा फाँट नम्बर २८ मा रहेको सन्दीपको मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको सूचना अधिकारी दीपक दाहालले बताए । यससँगै फाँट नम्बर २८ मा परेको सबै मुद्दा स्थगितको सूचीमा परेको छ ।

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दामा विभिन्न बाहानामा पछाडि धकेलिदै आएको छ ।

गत फागुन १५ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाईफास्ट ट्रयाक तथा कन्टिनियस हेयरिङका प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।