७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा
अ+ अ-

किर्गिजस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसीसी० ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो ।

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राख्नुभएको अवस्थामा ती देश उहाँलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन ।

रुसी समाचार समितिहरू तास, इन्दरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान आइपुग्नुभएको बताएका छन् ।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्नुहुने कार्यक्रम छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उहाँले सायदै रुस छाड्नुभएको छ । गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा भ्रमण गर्नुभएको थियो ।

अब उहाँले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहनुभएको छ । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ ।

यद्यपि व्यवहारत: रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो ।

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ । आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ ।

रोम विधानलाई एक सय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।

ब्रिक्स सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले सम्मेलनमा भाग लिन पुटिनलाई निम्तो दिएपछि आइसीसीको सदस्यका हिसाबले उसलाई कानूनी टाउको दुखाईको विषय बनेको थियो । यद्यपि अन्तिम क्षणमा मस्कोले पुटिनको बदलामा विदेशमन्त्रीलाई पठाएको थियो ।