२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंकद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई चेस्ट स्ट्राप र गोप्रो हस्तान्तरण



अ+ अ-

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई रुपैयाँ दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9 क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाण्डौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक श्री कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गर्नु भयो । उक्त समारोहमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत श्री उज्वल राजभण्डारी र मुख्य प्रबन्धक श्री समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।