७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउन आवश्यक छ: मन्त्री आचार्य

बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउन आवश्यक छ: मन्त्री आचार्य
अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेको बताउनु भयो । उहाँले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानूनी व्यवस्था भएपनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताउनु भयो । उहाँले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्युनिकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेका छन् । हाम्रो समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन छ । कानूनी व्यवस्था भएपनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु सुन्नमा आउँछन् । बाल विवाहमा पनि बालिकाहरुको संख्या बढी नै भएका तथ्यांकहरु छन् । बालश्रममा पनि बालिकाहरु छन् ।’

‘हराउने, बेचबिखन तथा ओसारपसारमा पर्ने पनि बालिकाहरु नै बढी देखिएकाले यसको रोकथाम, नियन्त्रण तथा न्युनिकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि समेतका लागि राज्यले लगानीको निरन्तरता र थप आवश्यक लगानी बढाउन मन्त्रालयका तर्फबाटथप सहयोग र सहजीकरण गरिनेछ । बालिकाहरुको अधिकार संरक्षण तथा संवद्र्धन र सर्वोत्तम हीतका लागि बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी लगायतका सन्धी सम्झौता र दस्ताबेज नेपालको संविधान, बालबालिका सम्बन्धीत ऐन तथा नीति नियमहरु आवधिक र वार्षिक योजनाका कार्यक्रमहरु कार्यान्वयन गर्न तीन तहकै सरकारी निकाय, विकास साझेदार र गैरसकारी संस्थाहरुलाई आह्वान गर्दै मन्त्रालय यस कार्यमा लागिरहेको छ ।’

बालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवद्र्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गर्नुभयो ।