२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्धारास्थित गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला



symbolic picture
अ+ अ-

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला परेकी छिन् ।

प्रहरीको अनुसार सुन्धारास्थित किशोरी श्रीगुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी नीता राउत मृत फेला परेकी हन् ।

नीता उक्त गेस्ट हाउसमा आफ्नो प्रेमीसँग असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले बयानमा आइतबार पैसा सकिएर आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा नीता कोठामा मृत भेटिएको बताएका छन् ।

प्रहरीले घटनास्थलमा विषको बट्टा फेला पारेको छ । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।