२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के महाभारतमा आधारित फिल्ममा देखिनेछन् शाहिद कपुर ?



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहिद कपुरको फ्यान फलोइङ निकै ठूलो छ । अभिनेताको पछिल्लो रिलिज फिल्मको कुरा गर्दा ‘फर्जी’ र ‘ब्लडी ड्याडी’ ले दर्शकलाई निकै प्रभावित बनाएको थियो ।

यी फिल्महरूमा आफ्नो भूमिकाको लागि शाहिदले धेरै प्रशंसा पाए । यतिबेला उनको अभिनेत्री कृति सेननसँग एउटा अनटाइटल फिल्म छ । यस बाहेक अब शाहिदले एउटा पौराणिक महाकाव्य पनि साइन गरेको खबर आइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार शाहिद कपुरले वाशु भगनानी र ज्याकी भगनानीसँग हात मिलाइसकेका छन् । उनको आगामी फिल्म पौराणिक कथामा आधारित छ । शाहिद कपुरले महाभारतमा आधारित फिल्म साइन गरेका हुन् । उनी ‘महाभारत’को निकै महत्वपूर्ण पात्र कुन्तीका छोरा कर्णको भूमिकामा देखिने सम्भावना छ । यो फिल्म २०२१ मा वासु भगनानीको पूजा इन्टरटेनमेन्टले घोषणा गरेको थियो ।

यसअघि दर्शकले नदेखेको फिल्मलाई फरक ढंगले प्रस्तुत गर्ने तयारीमा फिल्म निर्माताहरु लागेको बताइएको छ । समाचार अनुसार शाहिदले सन् २०२४ मा फिल्मको सुटिङ सुरु गर्नेछन् । यस बाहेक निर्माताले फिल्मलाई हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज गर्ने योजना बनाएका छन् ।