१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकार गम्भीर छैन’

‘कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकार गम्भीर छैन’
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको सांसदहरुले बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्दै सांसदहरुले कोरोनाको दास्रो लहर तिव्र गतिमा फैलिएको भएपनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासिनता देखाएको बताएका हुन् । 

कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भएपनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको भनाई छ । सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशिल बन्न नसक्नु आश्चर्यको कुरा भएको बताउनुभयो । अस्पतालहरुको अवस्था अझै सुधार नभएको भन्दै उहाँले सरकार आफैले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताउनुभयो ।

सांसद अञ्जना विशंखेले दिर्घकालीन रोगका विरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । विगतमा क्वारेन्टिनका खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने बताउनुभयो । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको पनि बताउनुभयो । उहाँले प्रभावकारी अनुगमन प्रणाली नभएकाले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरिता न्यौपानेले स्वाव संकलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्ने सुनिएकाले त्यसतर्फ सरकारले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । परीक्षणमा लापरबाही हुन नहुने पनि उहाँले बताउनुभयो । 

सांसद एकवाल मियाँले पनि कोरोना नियन्त्रणका लागि तिनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो । कोरोनाबाट बच्न आवश्यक मेडिकल सामाग्री तथा पूर्वाधारहरुको व्यवस्थापन अहिलेदेखि नै गर्नुपर्ने उहाँको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौं उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताउनुभयो । यस्तै सातवटै प्रदेशमा जम्मा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

आइसोलेसन बेडलाई अस्पतालसँग जोडिने पनि बताउनुभयो । केन्द्र सरकारले २ सय वटा भन्दा बढी भेन्टीलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टीलेटर किनेर राखेको पनि उहाँले बताउनुभयो । केन्द्र सरकारले ४ सय भन्दा बढी आइसियु बेड थपेको र प्रदेश सरकारले २ सय देखि २ सय ५० वटा सम्म आइसियु बेड थपेको जानकारी गराउनुभयो । आवश्यक औषधी र अक्सिजन भारत अथवा बंगलादेशबाट ल्याउने तयारी पनि गरिरहेको उहाँले बताउनुभयो ।

प्रमुख विशेषज्ञ पोखरेलले अझैपनि जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको बताउनुभयो । कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्यले हेर्ने दृष्टिकोणमा फरक परेको पनि उहाँको भनाई छ । अहिलेको अवस्था गम्भिर भएकाले लकडाउन गर्ने अथवा विशेष क्षेत्र तोकेर लकडाउन गर्ने भन्ने विषयमा पनि भोलिको दिनमा सोच्नुपर्ने उहाँले बताउनुभयो । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको संकटलाई टार्न सकिने प्रमुख विशेषज्ञ पोखरेलको भनाई छ ।