४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ दिने भ्रमण पुरा गरी भारतीय सेनाका उच्च अधिकारी आलोक कक्कर स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । मध्य उत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा भारतीय सेना गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल उपरथी आलोक कक्कर नेपालको छ दिने भ्रमणका लागि काठमाडौं आईपग्नु भएको छ ।

नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित कुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले उपरथी कक्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

कक्करले पोखरामा आयोजित एक र्‍याली कार्यक्रमका बीच वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गर्नुभएको भारतीय दूताबासले जनाएको छ त्यस्तै उप रथी कक्करले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट) को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन पनि गर्नुभयो ।

यो पोलिक्लिनिक भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने भूपू भारतीय सैनिक र उनीहरुका परिवारका लागि महत्वपूर्ण हुनेछ । यस पोलिक्लिनिकले सुदूरपूर्व क्षेत्रका ५ हजार भन्दा बढी भूपू भारतीय सैनिक र उनीहरुका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।