८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना विद्यार्थीलाई हरियो तरकारी चिनाउन ‘तरकारी दिवस’



अ+ अ-

काठमाण्डौ । घरको भान्छामा होस या विद्यालयको क्यान्टिनमा दैनिक जसो पकाएर खाने गरिएकोे हरियो तरकारीको नाम, यसबाट पाइने पोषण तत्व, यसले स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा जानकारी दिन ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरले विद्यालयमा भेजिटेवल डे अर्थात तरकारी दिवस—२०८० आयोजना गरेको छ ।

भर्खरै स्कुल आउन थालेका प्ले ग्रुपदेखि २ कक्षासम्मका सबै साना विद्यार्थीहरुै घरबाट एक/एक थरी हरियो तरकारी संकलन गरेर उनीहरुलाई नै पालैपालो सहभागी गराई तरकारी दिवस—२०८०आयोजना गरिएको थियो ।

कुन तरकारी कसरी चिन्ने, तरकारी बजारमा गएर कसरी तरकारी किनेर ल्याउने, पैसा कसरी तिर्ने ती सबै कुरा साना विद्यार्थीलाई प्रयोगात्मक रुपमा सिकाईएको विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक शिव गैह्रेले बताए ।

तरकारी बजारमा जसरी स्टलमा सजाएर राखिएका तरकारीहरुबारे विद्यालयकी निर्देशक ममता शाहले विद्यार्थीहरुसंग किन्ने प्रयास गरेर हरियो तरकारीको किनवेच कसरी गरिन्छ भनेर ति विद्यार्थीलाई बताएकी थिइन् ।

विद्यालयमै यस्ता वस्तुको प्रयोगात्मक र व्यवहारिक जानकारी गराउँदा विद्यार्थीहरुले आफ्नो घरमा दैनिक रुपमा प्रयोग हुने हरियो तरकारी चिन्ने, त्यसको स्वाद र महत्वबारे बुझ्ने निर्देशक शाहले बताइन् ।

तरकारी दिवस—२०८० मा आलु, प्याज, गोलभेडा, हरियो खुर्सानी, साग, धनियाँ, भेण्टा, मुला, गाजर, बन्दा, करेला, काँक्रा, फर्सी, रामतोरिया, सिमी, तितेकरेला, परवल, काउलीलगायत राखिएको थियो ।