काठमाडौं । बाँकेको नेपालगञ्ज यतिबेला कोरोना महामारीबाट आक्रान्त छ । नेपाल र भारतबीचको मुख्य नाकाकारुपमा रहेको नेपालगञ्जमा भारतबाट प्रवेश गरेका व्यक्तिबाट बढी मात्रामा कोरोना फैलिएको स्वास्थ्य अधिकारीहरु बताउनुहुन्छ ।
अहिले नेपालगञ्जको भेरी अस्पतालमा कोभिड संक्रमितको ठूलो भिड लागेको छ भने अन्य अस्पतालमा पनि कोभिड बिरामीहरु भर्ना भइरहेका छन् । निकै संक्रामक ठानिएको यस पटकको कोभिडका बिरामीलाई अक्सिजनको निकै जरुरत पर्ने र ठिक हुन पनि बढी समय लाग्ने गरेको अस्पतालका कोभिड एकाई प्रमुख डा. श्याम सुन्दर यादवले न्यूजपोलारसँग बताउनुभयो ।
उहाँका अनुसार अहिले तत्काल अस्पतालमा बेड थप्नु पर्ने र अक्सिजन एवं औषधिको प्रबन्ध गर्नुपर्ने अवस्था छ । प्रस्तुत छ नेपालगञ्जको अवस्थाबारे भेरी अस्पताल कोभिड एकाईका फोकल पर्सन डा. यादवसँग गरिएको कुराकानी ।








