२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति



अ+ अ-

काठमाडौं । सुन तस्करी छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउन दलहरु सहमत भएका छन् ।

आईतवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउनुभएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सो सहमति भएको हो । उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वको सो सुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति गरिएको प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उहाँले बताउनु भयो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘सुन तस्करीबारे एमालेसहितका विपक्ष दलहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने मा गरेको थियो । त्यो मागमा सरकार र दलहरुबीच एउटा सहमति भएको थियो । असोज ५ गते बनाउने र त्यसै दिनबाट सो छानबिन शुरु गर्ने सहमति भएको थियो । असोजको छ गते टर्‍यो । आयोग बनेन । त्यसयता छलफलका प्रक्रियाहरु आरम्भ भए । आज सरकारले हामीलाई छलफलका लागि बोलायो । हामी प्रधानमन्त्रीज्युको निवासमा छलफलमा जुट्यौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुसहितको उपस्थितिमा एउटा सहमति गरियो । त्यो सहमति अनुसार उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वको कार्यदल बन्नेछ । आयोग बन्नेछ । त्यो आयोगले तीन महिना भित्र आफ्नो कार्य सम्पन्न गर्नेछ । त्यो आयोग आजै घोषणा हुनेछ । आजै हाउस चल्नुअघि क्याबिनेटले त्यो निर्णय गर्नेछ । र, आजको हाउस स्वभाविक ढंगले जानेछ । र, बैठकको शुरुमै सम्माननीय प्रधानमन्त्रीज्युले आफना कुराहरु राख्नुहुनेछ ।’

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन र संयुक्त राष्ट्र संघको महासभाको भ्रमणबारे सो आयोग बनाउने बारे पनि संसदलाई जानकारी गराउनु हुनेछ । प्रधानमन्त्रीले संसद बैठक आयोग बनाउने र आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने विषयमा पनि बैठकमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आयोगको कार्यादेशको बारेमा कुरा मिल्न सकेका थिएनन् । सम्माननीय प्रधानमन्त्रीज्यु आएपछि आजनै प्रमुख प्रतिपक्ष दलका नेतासहित सात राजनीतिक दलको नेताहरुबीचमा बसेर सहमति भएको छ । सो आयोगको टिओआरको बारेमा । आज सदन पनि छ । त्यसमा उहाँले आयोग र आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिनुहुनेछ ।’

सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच गत असोज ५ गते नै सो आयोग बनाउने सहमति भएको थियो । तर त्यसको कार्यादेशको विषयमा दलहरुबीच सहमति हुन नसक्दा सो आयोग बन्न सकेको थिएन ।