२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख र प्रभासको भिडन्त हुने पक्का



अ+ अ-

एजेन्सी । साउथ सिनेमाका सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को बारेमा एउटा ठूलो अपडेट आएको छ । फ्यानहरु लामो समयदेखि यो चलचित्रको नयाँ रिलिज मितिको प्रतिक्षामा थिए ।

यस्तो अवस्थामा शुक्रबार निर्माताले ‘सालार–पार्ट १ सिजफायर’ को नयाँ रिलिज मिति घोषणा गरेका छन् ।

यससँगै फिल्ममा प्रभासको पछिल्लो पोस्टर पनि शेयर गरिएको छ । यस्तो अवस्थामा, फिल्मको नयाँ रिलिज मितिले केजीएफ फेम निर्देशक प्रशान्त नीलको यो फिल्म र शाहरुख खानको आगामी फिल्म ‘डन्की’बीच बक्स अफिसमा भिडन्त हुने पक्का भएको छ ।

प्रभासको सालार लामो समयदेखि चर्चामा छ । यो चलचित्रलाई लिएर फ्यानहरु निकै आतुर छन् । केजीएफ च्याप्टर २ को सफलतापछि निर्देशक प्रशान्त नीलले अब प्रभासको सालारमा जुवा खेलेका छन् । सालार–पार्ट–१ सिजफायरको टिजर सार्वजनिक भइसकेको छ, जुन हेरेपछि फ्यानमा यो फिल्मको उत्साह बढेको छ ।

तर अब सालारको नयाँ रिलिज मितिलाई लिएर तपाईको उत्साहको स्तर दोब्बर हुने भएको छ । शुक्रबार, प्रभासले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सालारको पछिल्लो पोस्टर साझा गरे, जसमा अभिनेताको खतरनाक लुक देख्न सकिन्छ । यो पोस्टरसँगै बाहुबली सुपरस्टारले आफ्नो आगामी फिल्म ‘सालार’ २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुने जानकारी पनि दिएका छन् ।

यहि मितिमा शाहरुख खानको डन्की पनि रिलिज हुनेछ । ३ इडियट्सका निर्देशक राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर पनि फ्यानहरु व्यग्र प्रतिक्षामा बसेका छन् ।