१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा
अ अ+ अ-

कर्णाली । दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

स¬ङ्क्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र  सुर्खेतमा आइसोलेशन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका सङ्क्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिनुभयो । 

बर्दियामा  निषेधाज्ञा
बर्दिया– छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।