१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोरोना कहर : गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

कोरोना कहर : गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो
अ अ+ अ-

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका–८ बालकुमारीका जनकमान जोशीलाई चार महिनाअघि कोरोना पोजेटिभ देखियो । युट्युव, पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत गुर्जोको चर्चा सुनेपछि धुलो र चिया नियमित सेवन गरेको १४ दिनपछि ठीक भएको  उहाँले जानकारी दिनुभयो  । 

आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटलाई सम्पर्क गरेर उहाँले गुर्जोको धुलो र चिया माग गर्नुभएको थियो । रोग प्रतिरोधी क्षमता बढाउने वनस्पतिका रुपमा परिचित गुर्जोका परिकारले कोरोनाका साथै अन्य स्वास्थ्य समस्या समाधानका लागि सहयोग गरेको जोशीको भोगाइ छ । 

सिराहा लाहानका बेचुलाल श्रेष्ठको परिवारमा छोरा, बुहारी र नातिलाई  कोरोना पोजेटिभ देखियो । परिवारका तीन जनामा कोरोना देखिएपछि डराउनुभएका श्रेष्ठले गुर्जोले कोरोनाबाट बचाउन सहयोग गर्छ भन्ने सुन्नुभएको थियो । उहाँले पनि राजलवटसँग सम्पर्क गरेर गुर्जोका परिकार लिनुभयो । कोरोना हुने र नहुने परिवारका सदस्यले नियमित सेवन गरेपछि ठीक भएको उहाँले सुनाउनुभयो । 

परिवारमा सङ्क्रमण भेटिएपछि सबै जना एकान्तवासमा बसेर नियमित गुर्जोका परिकार सेवन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको श्रेष्ठले बताउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं। १ ९क० बाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले भने गुर्जोसँगै तातो पानी पिउने, वाफ लिने र पौष्टिक आहार सेवन गर्न थालेपछि कोरोना भगाउन सफल भएको बताउनुभयो । कोरोनाले स्वास्थ्यमा अप्ठ्यारो भने पारेको उहाँको अनुभव छ । 

कोरोना बढेपछि मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जना सदस्यलाई कोरोना पोजेटिभ देखियो । यो खबर सुनेपछि गुर्र्जो चिया र गुर्र्जो सहितको धुलो औषधी ललितपुरको सुनाकोठीस्थित घरमै पुगेर दिइएको अभियानकर्मी राजलवटले सुनाउनुभयो । कलाकार श्रेष्ठलाई अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने प्राणायम पनि गराइएको योग शिक्षकसमेत रहनुभएका उहाँले बताउनुभयो । श्रेष्ठसँगै उहाँको सबै परिवारलाई गुर्जोको ओषधीसँगै प्राणायामको विशेष प्रकार पनि सिकाइएको थियो ।

राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लाहानको प्रमुख रहनुभएका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका  बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको हो ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उहाँले सुनाउनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब दुई लाख मानिसलाई खुवाइएको राजलवट बताउनुहुन्छ । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । 

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उहाँले बताउनुयो । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडिबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाई छ । आयुर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाई छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र हाल ६५ जना कोरोना सङ्क्रमित राखी आयुर्वेद औषधी दिइएको छ । यसअघि पनि सयौँ कोरोनाका बिरामी केन्द्रमा राखेर आयुर्वेद औषधी नै दिएर उपचार गरेर पठाइएको थियो । अस्पताल, तालीम र अनुसन्धान केन्द्र भएकाले दिइएका औषधीका विषयमा अनुसन्धानसमेत भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले सुनाउनुभयो ।
    
केन्द्रमा आउने कोरोना बिरामीलाई गुर्जो, सुठो, मरिच, पिप्ला, अभ्रकभष्मलगायत आयुर्वेदिक वनस्पतिको ट्याबलेट बनाएर नियमित खुवाउने गरिएको छ । केहीलाई भने अक्सिजन दिनुपर्छ । हालसम्म केन्द्रमा भर्ना भएका कोरोनाका बिरामीको निधन नभएको कार्यकारी निर्देशक डा यादवले जानकारी दिनुभयो ।

रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बजारमा बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह गुर्जो चिया, तुलसी चिया, सिलाजित, च्यवनप्राश, अश्वगन्ध तेल, र अविपत्तिकर चूर्णलगायतको माग बढिरहेको बताउनुहुन्छ । (रासस, पूर्णप्रसाद मिश्र)