७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

केरा खेतीबाट मनग्य आम्दानी

केरा खेतीबाट मनग्य आम्दानी
अ+ अ-

कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् । तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् ।

पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ । केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउनु हुन्छ ।

छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा रु ८० हजार तिर्ने गरी भाडामा लिनुभएको छ । व्यापारीले बारीमा आएर केरा खदिर गरी लैजाने गरेका छन् । वर्षमा उहाँले दश ट्रक बढी केरा बिक्री गर्दै आउनुभएको छ । केरा थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन रु ५० देखि रु ६० सम्म पुग्ने गर्दछ ।

“घरमा बेरोजगार हँुदा पाँच वर्षअघि गतिलो कमाइ गर्ने लक्ष्य राखेर मलेसिया पुगे”, किसान रानाले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाँदा रु दुई लाख कर्जा लाग्यो, धेरै कमाउने लक्ष्य राखे पनि निश्चित तलव पाइन्थ्यो, त्यो तलबले घरधन्दा धान्नै मुस्किल हुन थाल्यो, लागेको कर्जामध्ये तीन वर्षमा रु ६० हजार मात्रै तिर्न सकियो, रु एक लाख ४० हजार तिर्न पाउने तलवबाट भ्याएन ।” खाना खर्च, लत्ताकपडामै सबै रकम सिद्धिने गरिएको उहाँले बताउनुभयो । “बाँकी रहेको रु आठ हजार घर उहाँ पठाउनुहुन्थ्यो । त्यो रकम घर खर्चमै सकिन्थ्यो । सोचेको पूरा नभएपछि जेनतेन तीन वर्ष पूरा गरी राना घर फर्किए । कर्जा लिएर वैदेशिक रोजागरीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थाले । कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाल्नुभयो । “चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए”, उहाँले भन्नुभयो, “दाजुले घरमै केही केराका बोट रोप्नुभएको थियो, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर रु एक लाख ८० हजार जति आम्दानी भयो ।”

पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उहाँले दोस्रो वर्ष रु १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । “केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरुको जग्गा लिजमा लिन थाले”, रानाले भन्नुभयो, “त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पु¥याउन थालेका छन् ।” केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन ।

राना भन्नुहुन्छ, “वैदेशिक रोजगारीभन्दा घरमै बसी उद्यम गरे तेब्बर बढी आम्दानी गर्न सकिन्छ, लगनशीलता, परिश्रम र निरन्तरता बनाउन सक्नुपर्छ, थोरै पुँजीबाट विस्तारै धेरै ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ, त्यसका लागि धैर्यता आवश्यक छ ।” वडाध्यक्ष नवलसिंह राना मोहनले गरेको प्रगतिबाट पाठ सिक्दै अन्य युवाले वैदेशिक रोगारीमा जानुभन्दा स्वदेशमै बसेर व्यावसायिक कार्यमा संलग्न हुनुपर्ने बताउनु हुन्छ । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर मोहन नगरपालिका क्षेत्रकै व्यावसायिकरुपमा केरा खेती गरी बढी आम्दानी लिने किसानका रुपमा रहेको बताउनुहुन्छ ।