१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एसियाली खेलकूदमा नेपालको फितलो प्रदर्शन जारी

एसियाली खेलकूदमा नेपालको फितलो प्रदर्शन जारी
अ अ+ अ-

असोज १० गते । चीनको हाङझावमा जारी एसियाडमा नेपालको प्रदर्शन निकै  फितलो छ । क्रिकेट बाहेक सबै खेलमा नेपाली खेलाडीहरू समूह चरणबाटै बिदा भएका छन् ।

प्रस्तुत छ राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त असोज १०  गते सम्पन्न खेलका नतिजाहरू  ।

पौडी
हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा  दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।

बक्सिङ : सुष्मा र भुपेन्द्र पराजित
हाङझाव एसियाडमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ बुधबार पहिलो चरणमा पराजित भइन् ।

महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्थानकी नाजम काइजाईसंग ५–० ले चुकिन् । गत वर्ष यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ ।

पुरुष ६३.५ केजीमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४–० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

महिला बास्केटबल : नेपालको लगातार दोस्रो हार
महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको । समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हा¥यो ।

कजाखस्थान विरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान ४–४ अंक जोडे । नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे ।

समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

जुडो : नेपालको चुनौती समाप्त
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो । पराजित भएको छ ।

जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो ।

टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।

यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि प¥यो ।

ह्यान्डबल : नेपाल जापानसँग पराजित
महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ ।

समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित     भयो । नेपालका लागि आइता लोमु शेर्पाले ४, उमा राईले ३ तथा कप्तान बन्दना राई, विमला तामाङ र कल्पना ओलीले समान १–१ गोल गरे ।

पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

तेक्वान्दो
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१  र दोस्रो चरणमा १५–२ ले पछि परे ।

पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे ।

महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन् ।

अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

उसु : कविता ११ औं स्थानमा
उसुमा नेपालकी कविता थापा महिला जियान्सु÷कुन्सु अलराउन्डमा समग्रमा बुधबार ११ औं स्थानमा रहिन् ।

जियोसन गुआली स्पोर्ट्स सेन्टरमा कविताले जियान्सुमा ९.६३३ तथा कुन्सुमा ९.२४३ गरी जम्मा १८.८७६ अंक जोडिन् । ११ खेलाडी सहभागी कविताको स्पर्धामा चीनकी झियाओझियाओले स्वर्ण, इरानकी जाहरा कियानीले रजत र भियतनामकी भि थुइ दुवोङले कांस्य जिते ।

पुरुष क्रिकेट : नेपालको कीर्तिमानी जित
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा कीर्तिमानी जितसहित सानदार सुरुआत गरेको छ ।

समूह ‘ए’ को लिगमा जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा नेपालले कीर्तिमानको वर्षा गर्दा मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

नेपालले सर्वाधिक योगफल र फराकिलो जितसंगै व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनायो ।

नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा अलआउट हुनेअघि ४१ रन बनायो ।
टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाएनन् ।

ब्लिङिमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

कुशल  र दीपेन्द्रले रचे कीर्तिमान
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो ।

नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान भंग गरे ।

रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ नै गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए ।

दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा १२ बलमा रहेको अर्धशतक बनाउने कीर्तिमान तोडे ।

७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।

स्क्वास
हाङझाव एसियाडअन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टको समूह ‘ए’ मा कतारले नेपाललाई ३–० तथा सिंगापुरले नेपाललाई ३–० को सोझो सोझो सेटमा पराजित गरे ।

महिला टिम इभेन्टको समूह ‘बी’ मा नेपाल भारत र पाकिस्तानसंग हा¥यो । नेपाल दुवै राष्ट्रसंग समान ३–० को नतिजामा पछि प¥यो ।

टेबलटेनिस
हाङझाव एसियाडको टेबलटेनिसको पुरुष एकलमा माल्दिभ्सका इस्माइलले नेपालका रुविन महर्जनलाई ११–६, ३–११, ११–८, ११–६ र ११–८ तथा यमनका अममद अली ओमरले नेपालका संयोग कपालीलाई ११–८, ११–७, ११–९ र ११–६ को सेटमा पराजित गरे ।

पुरुष डबल्समा नेपालका संयोग र रुविनको जोडी पाकिस्तानका साह मोहम्मद खान र फैजान जाहुरको जोडीसंग ११–८, ११–४ र ११–७ को सीधा सेटमा हारे । महिला डबल्समा उत्तर कोरियाका युसङ हाम र कुम्योङ किमको जोडीले नेपालका रुविन र सिक्क सुवाल श्रेष्ठको जोडीलाई ११–३, ११–२ र ११–३ को सेटमा पाखा लगाए ।

मिक्स डबल्समा दक्षिण कोरियाका जोङहुन लिम र युविन सिनको जोडीले नेपालका संयोग र नवीताठको जोडीमाथि ११–६, ११–३ र ११–१ को जित दर्ता गरे ।