१२ मंसिर २०८१, बुधबार
,
Latest
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार, छिटो अनुसन्धान गरेर टुंग्याउन आदेश रास्वपाका नेताविरुद्धको मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ तपाई आफ्नो सच्चा मित्र को हो भनेर चिन्न सक्नुहुन्न भने यी ५ संकेतहरुबाट हेर्नुहोस् महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ रास्वपाका प्रमुख सचेतक परियारले भेटे प्रधानमन्त्री रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा



अ+ अ-

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो ।

नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए । त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।

यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो । खेलमा पहिलो अग्रता भने भारतले लियो । खेलको २६औँ मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरे । त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।

उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन् । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ । जितसँगै भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल यही शनिबार हुनेछ ।रासस