१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
अ अ+ अ-

न्यूयोर्क (अमेरिका), ।  न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको बेलमन्ट क्लब तथा महिला फुटबलमा नर्थ डकोटा राज्यको साइनिङ्ग स्टार विजयी भएका छन् ।

चालिस वर्षभन्दा माथि उमेर समूह पुरुष भेट्रानतर्फ इन्ट्रा सिन्सिनाटीले जित हात पारेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथा भलिबल खेलका विजेतालाई फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले आज एक कार्यक्रमकाबीच नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गर्नुभयो । उहाँले खेलका माध्यमबाट नेपालीबीच सामुदायिक एकता र सहकार्यमा जोड दिइएको बताउनुभयो ।

अमेरिकामा बस्ने नेपाली समुदायकाबीच भएको प्रतिष्पर्धात्मक फुटबल र भलिबल असोज ६ गतेदेखि शुरु भएको थियो । न्यूयोर्क र आसपासका राज्यबाट नेपाली मूलका खेलप्रेमीहरु खेल हेर्न उपस्थित भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भलिबलतर्फ पुरुषका २४, फुटबलमा युवातर्फ १६ र ४० बर्षमाथिका भेट्रानतर्फ आठ गरी २४ समूहको सहभागिता थियो ।

त्यस्तै, महिलातर्फ भलिबलमा आठ समूहले प्रतिष्पर्धा गरेका थिए भने फुटबलमा तीन समूहको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार, प्रतिष्पर्धामा युवा फुटबलतर्फ पथरी फुटबल क्लब दोस्रो भएको थियो भने महिलातर्फ नेब्रास्काको माउन्टेनियर्स क्लब दोस्रो भएको थियो । भेट्रान्स फुटबलतर्फ ह्यारिसवर्ग टिम दोस्रो भयो । भलिबलतर्फ पुरुष समूहमा न्यूयोर्कको मामा भान्जा क्लब उपविजेता बनेको थियो । त्यसैगरी महिला भलिबलतर्फ बाल्टिमोरको बेलमन्ट क्लब उपविजेता भएको थियो ।

अमेरिकामा हुने नेपाली समुदायको सबैभन्दा ठूलो प्रतियोगितामा अमेरिकाका १४ राज्यबाट एकहजारभन्दा बढी खेलाडी सहभागी भएको आयोजक समितिले जनाएको छ । “प्रथम हुने समूहलाई एक सय १५ ग्राम सुन भएको ट्रफी दिइएको थियो”, निर्देशक गुरुङले भन्नुभयो, “यो ट्रफी आफ्नो बनाउनका लागि तीनपटकसम्म प्रतियोगितामा प्रथम हुनुपर्छ ।”

उहाँका अनुसार युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई छ हजार डलर पुरस्कार दिइएको थियो । भलिवलमा पुरुष विजेताले १० हजार, दोस्रोले छ हजार र तेस्रोले चार हजार अमेरिकी डलर प्राप्त गरेका गुरुङले बताउनुभयो । उहाँका अनुसार भेट्रानतर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई छ हजार र तेस्रो हुनेलाई तीन हजार पुरस्कार दिइएको थियो ।

अमेरिकाका भर्मन्ट, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, न्यूयोर्क, क्यानडा, ओहायो, म्यासाच्युसेट्स, केन्टकी, टेक्सास, क्यालिफोर्निया, जर्जिया, नेब्रास्का, मेरिल्याण्डलगायतका राज्यबाट भेट्रान्सतर्फ हिलसिटी क्लब, रिभाइभल क्लब, एक्रोन इन्ट्रा, न्यूयोर्क भेट्रान्स, इन्ट्रा कोलम्बस र ह्यारिसवर्ग भेट्रान्स प्रतिष्पर्धामा छन् ।

युवातर्फ साङ्ग्रिला युथ फुटबल क्लब, न्यूयोर्क नेपाली फुटबल क्लब, टिमाई स्क्वाड, जुनियर योङ्ग गाइज एघार, पथरी एफसी, एफसी युनाइटेड, वाईएस एफसी, सगरमाथा एफसी, इन्ट्रा एफसी, युनाइटेड ओन्टारियो, भर्मन्ट इलेवेन एफसी, न्यू स्पोर्टिङ्ग एफसी, चुके एफसी, युनिक व्वाइज एफसी, नर्थ क्यारोलिना रोयल एफसी र खुदुनावारी एफसी सहभागी थिए ।

भलिबलतर्फ बफेलो न्यूयोर्क, इन्ट्रा ह्वाइट, युके ब्रदर्श इरी, सिराकस बिसी, म्याग्दी समाज, अमेरिका टिम, रुकुम बी, रचेष्टर थन्डर, योङ्ग ब्लड, बागलुङ समाज, एनआरएनए क्यालिफोर्निया–एक र दुई, फिफ्टी स्टार युवा क्लब, द सिटी अफ टालमाजे, युटिआईसीए युथ, रुकुम ए, बेलमन्ट, इयुसिएनसी, मामा भान्जा, ह्वाइट टिम, सिन्धु न्यूयोर्क, सार्लेट सिक्स, इन्ट्रा ब्लू, साजनी टेक्सास, मामा भान्जा ब्ल्यू र एएनकेए केन्टकी समूह सहभागी थिए । रासस