• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँ: कप्तान पौडेल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताउनुभएको छ ।

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताउनुभएको हो । उहाँले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताउनु भयो ।

उहाँले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको बताउनु भयो । उहाँले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिन यता हामी अभ्यासमा नै व्यस्त छौँ । एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भएपनि, बलियो वा कमजोर जस्तो भएपनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टि २० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टि २० क्वालिफायर भन्दा अगाडि टुर्नामेण्ट खेल्न पाएका छौँ । निकै महत्वपूर्ण हुनेछ । वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौँ । अब टि २० मा जानुपर्नेछ । हामी टि २० का लागि रेडि छौँ । ललितलाई हामीले गेममा मिस गर्नेछौँ । वान डेमा पनि उहाँको ठूलो योगदान थियो । टि २० मा डेथ ओभर एकदमै महत्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मेहनत गरिरहेका छाँै । ग्रासरुट देखिका गेमहरु हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ।’

टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताउनु भयो ।