पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना भाईरस संक्रमण देखिएको छ। कांग्रेसका एक र नेकपा एमालेका दुई जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको हो ।
यतिबेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथी अविश्वासको प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको छ । आज पनि प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।
मुख्यमन्त्री गुरुङमाथीको अविश्वासको प्रस्तावमा भोली (विहीबार) मतदानको तयारी छ । तर यता सांसदलाई नै कोरोना संक्रमण भएपछि त्यसलाई पनि मतदानको व्यवस्था मिलाई मतदानको तयारी गरिएको जनाईएको छ ।








