काठमाडौं । बबरमहलस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सवारी तथा अन्य आवश्यक पासहरु लिनेको भिड लागेको छ ।
जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । यस समयमा विविध कार्यका लाग पास आवश्यक पर्दछ ।
सवारी लगायतका आवश्यक पास लिनका लागि आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा यस्तो भिड लागेको छ ।
उक्त जिल्ला प्रशासन कार्यालयले एक ठाउँमा बढीमा १५ जना मात्र मानिस जम्मा हुन पाइने भनेको छ । तर सो आदेश जारी गर्ने प्रशासन कार्यालयकै आँगनमा यस्तो भिड देखिएको छ ।
भिड बढेपछि प्रहरीले उनीहरुलाई बाटो पारि पुर्याएको थियो । अहिले अपरान्ह पाँच बजे भने प्रहरीले भिड नगर्न अनुरोध गर्दे तितर बितर पारेको थियो ।















