३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

ज्योतिष शास्त्रका अनुसार यी राशिहरुबीच प्रेम वा विवाह गर्दा धेरै घातक हुन्छ

ज्योतिष शास्त्रका अनुसार यी राशिहरुबीच प्रेम वा विवाह गर्दा धेरै घातक हुन्छ
अ+ अ-

काठमाडौं । प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । यसै आधारमा केही राशि जो एक–अर्काको शत्रु मानिएको छ, त्यस्तै केही राशिहरुमा सम्बन्धमा निक्कै लगाव रहने हुन्छ । राशिमा कतिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यी कुरा जान्नुहोस्,  जुन राशिहरुबीच प्रेम वा विवाह नभए नै राम्रो मानिन्छ ।

मेष र वृश्चिक – एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ । मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन् । मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ ।

वृषसँग धनुको – वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा तहस–नहसको स्थिति सिर्जना गर्ने बताइन्छ । बृष राशिका व्यक्तिहरु जे सोच्छन् वा जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ । एकातिर धनु राशिकाले वृषका लाई पूरै परिवर्तन गराउँन चाहन्छन्, तर वृष राशिका परिवर्तन हुन चाहँदैनन् । यसरी यी राशिबीच तालमेल नमिल्ने हुन्छ ।

मिथुन र मकर – मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ । यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ । यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन् ।

कर्कट र कुम्भ – कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन । त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ ।

सिंह र मीन – मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि भावना देखाउँनु र महसुश गराउँनेमा विश्वास गर्छ । सिंह राशिका व्यक्ति आफ्नो जोडी आफ्नो काममा पनि ध्यान दिओस्, कामप्रति राय तथा भावना व्यक्त गरोस भन्ने चाहन्छ । तर मीन राशिका व्यक्तिले भावुक सिंह राशिकालाई वास्तविक जीवनमा ल्याउँन गाह्रो हुन्छ । यसै कारण यी दुई राशिबीच सम्बन्ध बनाउँन गाह्रो हुने बताइन्छ ।

कन्यासँग मेष – कन्या राशिका व्यक्ति प्राय शान्त स्वाभावका हुन्छन् र विवादबाट बच्न चाहन्छन्, त्यसैले धेरै जसो झगडा, विवादआदिबाट बच्न अर्कोको कुरा मान्ने गर्छन् । तर, यसको फाइदा मेष राशिले उठाउने गर्छ । यस्तो अवस्थामा मेष राशिलाई आफ्नो जोडीबाहेक अरु केही मान्दैनन् ।

तुलाका लागि वृष राशि नराम्रो – आर्थिक मामिलामा यी दुवै राशिबीच एउटै प्रकारको राय हुन्छ, तर यी दुवै राशि एक–साथ रहनु असम्भव जस्तै हो । वृष राशि पैसालाई लिएर खासै बहस गर्न मान्दैन, यस कारण तुला राशिका व्यक्तिलाई वृषको साथ निभाउँन गाह्रो हुन थाल्छ ।

वृश्चिक र मिथुन – वृश्चिक राशिलाई हरेक चीज गहिराईबाट बुझ्ने बानी हुन्छ, जहाँ मिथुन राशिको व्यवहार एकदम रहस्यमयी हुने बताइन्छ । यस्तो अवस्थामा वृश्चिकलाई मिथुनप्रति विश्वास कम हुँदै जान्छ ।

धनु र कर्कट – कर्कट राशिलाई आफ्नो परिवार र घरसँग निक्कै लगाव हुन्छ, तर पनि धनुका लागि यसले समस्या उत्पन्न गराउँछ । धनु राशिका व्यक्ति सँधै नयाँ सिक्ने इच्छामा हुन्छन् र कर्कट राशिलाई सुझाव दिन एकदमै मनपर्छ । यद्यपी, कर्कट राशिको व्यवहार धनु राशिलाई अधूरो लाग्छ ।

मकर र सिंह – हावी हुनु सिंह राशिको स्वाभाविक गुण भएका कारण मकर राशिका व्यक्तिलाई सम्बन्ध बिग्रने खतराको संकेत थाहा हुन्छ । यदि सम्बन्ध नबिग्रिएमा पनि यी दुई राशिबीच खुशीले बास पाउँदैन ।

कुम्भ र कन्या – कुम्भ राशिका व्यक्ति थोरै स्वार्थी हुन्छन्, जहाँ कन्या राशिका व्यक्ति त्यागमयी हनुका कारण आवश्यकताभन्दा बढी आफ्नोभन्दा अरुको बारेमा चिन्ता गर्छन् । त्यस्तै, कन्या राशिले मनोविज्ञान पनि बुझ्छ, जो कुम्भ राशिको मनोस्थितिलाई बदल्ने प्रयत्न गर्छ ।

मीनका लागि तुला राशि खराब – तुला राशिका व्यक्ति प्राय आफ्नो आवश्यकता पूरा गर्छ मीन राशिको आफ्नो जोडीमा निर्भर रहन्छन् । यद्यपी, मीनलाई यसप्रति खासै आपत्ति हुन्न, तर आँफूलाई तुला राशिका लागि आवश्यक रहेको ठान्ने भूल गर्छ र सम्मान नमिलेमा उनका लागि तनावको कारण बन्न सक्छ ।