३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो, आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो, आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा
अ+ अ-

सुदूरपश्चिममा दैनिक सयौँ कोरोना सङ्क्रमित थपिन थालेका छन् । सुदूरपश्चिममा बुधबार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो । 

“सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा सङ्क्रमण पुष्टि भएको छ”,  प्रवक्ता कार्कीले भन्नुभयो, “डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”

सुदूरपश्चिममा कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ भने सङ्क्रमण पुष्टि भएका मध्ये १४ हजार २३३ जनाले कोरोना जितेका छन् । दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । सेती अस्पतालमा सङ्क्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ । आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो । 
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भन्नुभयो, “खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल खुला रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था गरेका छौँ ।”
 
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द गर्न आग्रह गरिएको छ । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ ।