काठमाडौं । कोरोना पोजिटिभ भएर नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ। पूर्वरानी कोमल शाहलाई यतिबेला अक्सिजनको अधिक मात्रा दिनु परेको अस्पतालले बताएको छ ।
उनलाई केही समय अगाडिसम्म २.३ लिटर अक्सिजन दिईरहेको भएपनि अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको छ । यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
पूर्वरानी कोमल शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।








