३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

डोटी समाचार : तयारी छैन कोरोना रोकथाममा

डोटी समाचार : तयारी छैन कोरोना रोकथाममा
अ+ अ-

– विमलबहादुर विष्ट

डोटी । जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारको तयारी प्रभावकारीरूपमा तयारी हुन नसक्दा अन्योलता सिर्जना भएको छ । भारतबाट फर्किएका ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको ज्यान गइसकेको छ । जिल्लामा दैनिकरूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भए पनि यहाँका स्थानीय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागि खासै पहल नचालेका कारण समस्या उत्पन्न भएको स्थानीयवासीको आरोप छ ।

दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनसमेत निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधैँ गाउँ जाने तथा समुदायमा घुलमिल हुने गरेका कारण कोरोना सङ्क्रमणदर फैलिँदै गएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी सुरज विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना नियन्त्रण तथा रोकथामका लागि यहाँका स्थानीय तहले यो वर्ष खासै चासो देखाएनन्, जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, जसले गर्दा महामारीको रुप लिन सक्छ ।”

दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रने क्रम बढिरहेको भए पनि जिल्ला बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको अर्का स्थानीयवासी मोहन पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला बाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेका छैनन्, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गारो भएको छ ।” जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका कारण यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको स्थानीयवासी बताउँछन् ।

“भारतबाट आएकालाई केही दिन अलग्गै बस्न आग्रह गर्दा उल्टै गाली गर्छन्, हामीले त नसक्ने भयौँ, सरकारीस्तरबाट कुनै प्रयास देखिएन”, दिपायल सिलगढी नगरपालिका–१ तीखागाउँका स्थानीयवासी देवेन्द्र खड्काले भन्नुभयो, “भारतबाट आएका नागरिक गाउँगाउँ डुल्दैछन्, हामीले भन्दा मान्दैनन्, उनीहरूलाई कसले होम क्वारेन्टिनमा राख्ने यही समस्याले पिरोलेको छ ।” 

उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न लगाउन सबै स्थानीय तहलाई आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउन नै कोरोना समस्याको समाधान होइन, सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।”

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा डोटी जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनाको अवधिमा करिब रु १२ करोड  खर्च गरेका थिए । तत्कालीन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेसनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् । रासस