३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

भूकम्पको छ वर्षः ७२ प्रतिशत नीजि आवास पुनर्निर्माण

भूकम्पको छ वर्षः ७२ प्रतिशत नीजि आवास पुनर्निर्माण
अ+ अ-

गलकोट । नेपालमा विनाशकारी भूकम्प गएको छ वर्ष पूरा भएको छ । यो अवधिमा बागलुङमा निजी आवास पुनर्निर्माणमा ७२ प्रतिशत प्रगति भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गते गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका २८ प्रतिशत घरहरूको अझै पुनर्निर्माण भइसकेको छैन । 

जिल्लामा भूकम्पबाट क्षति भएका दुई हजार ५५६ लाभग्राहीमध्ये 
हालसम्म एक हजार ७१२ जनाले मात्र आवास पुनर्निर्माणको काम सम्पन्न गरेको छ । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि जिल्लामा दुई हजार ४५२ जनाले निर्माण सम्झौता गरेका थिए । हालसम्म एक हजार ७१२ लाभग्राहीले आवास पुनर्निर्माणको काम सम्पन्न गरेर अन्तिम किस्ताबापतको रकम  लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङले जनाएको छ ।  

भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेका कूल दुई हजार ४ सय ५२ लाभग्राहीमध्ये सबैले प्रथम किस्ताबापतको रु। ५० हजार रकम लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो । त्यस्तै दुई हजार १० लाभग्राहीले दोस्रो किस्ता लगेको उहाँले जानकारी दिनुभयो । “समग्र जिल्लाको पुनर्निर्माण हेर्दा पछिल्लो समय गति लिएको छ, एकीकृत वस्ती निर्माण, सडक, पुल तथा विद्यालय धमाधम निर्माण भएका छन्” उहाँल्े भन्नुभयो “निजी आवास पुनर्निर्माणले समेत पछिल्लो समयमा गति लिएको छ । अबको केही समयमै पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइनेछ ।” 

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने कार्य सकिएको र उनीहरुको बस्तीमा पूर्वाधार निर्माणको काम अगाडि बढेको पुनर्निर्माण प्राधिकरण बागलुङका इञ्जिनियर विक्रम सापकोटाले जानकारी दिनुभयो । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको हो । भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचिमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये पुनर्निर्माण परिवर्तन गरेका ५० लाभग्राही बाहेक कूल ८१ जनाले सम्झौता गरी प्रथम किस्ता लिएका छन् । तीमध्ये दुई जनाले मात्रै अन्तिम किस्ता लिएका छन् भने ७९ घरले प्रथम किस्ता लगेर प्रवलकीरणमा चासो नदेखाएको प्रमुख पाण्डेको भनाइ छ । 

अलि महँगो र प्राविधिक रूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनर्निर्माण गर्न खोजेमा पुनर्निर्माणतर्फ रु। तीन लाख अनुदान दिइने व्यवस्था भएपछि ५० जनाले सोही अनुसार काम गरेको र अन्यले प्रबलीकरणमा चासो नदिएका हुन् । प्रबलीकरणमा परेका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि यसतर्फ लाभग्राही आकर्षित हुन नसकेको अनुमान एकाइको छ । घर पुनर्निर्माण गर्नका लागि तीन किस्तामा तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा एक लाख अनुदान रकम दिइँदै आएको छ ।

पुनर्निर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा बौद्ध गुम्बा निर्माण गरिरहेको छ । प्राधिकरणले रु १७ करोडको लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल सम्पन्न गरिसकेको छ भने सोही सडकमा दुई वटा पक्की पुल धमाधम निर्माण गरिरहेको छ ।  लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुलको ढलान कार्य भइरहेको प्राधिकरण जिल्ला कार्यान्वयन एकाई कार्यालय बागलुङले जनाएको छ । यस्तै, बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा बौद्ध गुम्बा निर्माण गर्न समेत पुनर्निर्माण प्राधिकरणले काम अगाडि बढाएको छ । रासस