२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दादा साहेब फाल्केमाथि फिल्म बनाउँदै राजामौली



अ+ अ-

एजेन्सी । फिल्ममेकर एसएस राजामौलीले दादासाहेब फाल्केको जीवनीमा चलचित्र बनाउने भएका छन् । यस फिल्ममा भारतीय सिनेमाको सुरुदेखि अहिलेसम्मको यात्रा देखाइनेछ ।

फिल्मको शीर्षक ‘मेड इन इन्डिया’ हुनेछ । फिल्मको निर्देशक नितिन कक्कड हुनेछन् । हालै राजामौलीले सामाजिक सञ्जालमा फिल्मको घोषणा टिजर सेयर गरेका छन् ।

राजामौलीका छोरा एसएस कार्तिकेय र वरुण गुप्ताले संयुक्त रूपमा फिल्म निर्माण गर्नेछन् । यो फिल्म मराठी, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

टिजरमा लेखिएको छ– ‘भारतीय सिनेमामा धेरै मानिसमाथि धेरै किसिमको बायोपिक बनाइएको छ । तर, अब भारतीय सिनेमालाई लिएर बायोपिक बन्दैछ । एसएस राजामौली लिएर आउँदैछन् – मेड इन इन्डिया

चलचित्रको कलाकार भने तय भइसकेको छैन । फिल्मका निर्देशक नितिन कक्कडले २०१२ मा फिल्मिस्तान, २०१८ मा मित्रन र २०१९ मा नोटबुक जस्ता फिल्म बनाएका छन् । योसँगै फिल्मका निर्माता एसएस कार्तिकेयले आफ्ना पिता राजामौलीको फिल्म आरआरआरमा लाइन प्रोड्युसरको रूपमा काम गरेका छन् ।

दादासाहेब फाल्केलाई भारतीय सिनेमाका पिता पनि भनिन्छ । फाल्केले १९१३ मा पहिलो फुल लेन्थ भारतीय फिल्म बनाए – राजा हरिश्चन्द्र । यसपछि उनले थप २७ वटा सर्ट फिल्म बनाए । करिब दुई दशक लामो करियरमा उनले जम्मा ९० वटा चलचित्र बनाए ।