काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार जोगाउन र हटाउनका लागि भइरहेका हर्कतले लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संञ्जाल ट्विटरमा थापाले लेख्नु भएको छ– "कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन र जोगाउन जे-जस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ। संघियता बोझ मात्र होईन, राजनीतिक विकृतिको भण्डार सावित भएको छ। गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ। पुनर्विचार गर्न ढिला नगरौं ।"








