काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ । त्यस्तै संक्रमण मुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । यस्तै पीसीआर परीक्षणको संख्या २४ लाख ७३ हजार ९५६ पुगेको छ ।











