५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तेस्रो जनआन्दोलनको तयारीमा छौँः कमल थापा

तेस्रो जनआन्दोलनको तयारीमा छौँः कमल थापा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुको आन्दोलन कसैलाई बिस्थापित गर्नको लागि नभएको पनि बताउनु भयो । उहाँले देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा सम्भव नरहेको जिकिर गर्नुभयो ।

उहाँले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताउनु भयो । लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको उहाँको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलन कसैलाई बिस्थापित गर्नको लागि पनि होइन । वास्तवमा देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले अहिलेको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा त परै जाओस् । सामान्य सुधार गर्न पनि तयार नभएको कारणले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ । तेस्रो जनआन्दोलनको तयारी गरिरहेका छाँै । डेढ दशकदेखि राज्य सत्तामा कब्जा जमाएर बसेका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएका छन् । देश धार्मिक, सांस्कृतिक, द्वन्द्वमा फस्न लागिरहेको छ । नेपाल भ्रष्टाचार गर्ने देशहरुमध्ये सबैभन्दा बढी भ्रष्ट राष्ट्रको रुपमा चिनिन थालेको छ ।

विदेशी प्रभाव र हस्तक्षेप तिब्र रुपले बढेको छ । लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेका छन् । देशको यो दर्दनाक अवस्थालाई हेर्दा हाम्रो जनजीवन त चलायमान नै छ, तर अलिकति गहिराईमा हेर्ने हो भने हाम्रो राष्ट्रिय अस्तित्वको धरोहर नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौम सत्ताको जालो बिस्तारै बिस्तारै मक्किँदै गएको छ । धमिरा लागेको अवस्थामा पुगेको छ । कुनैपनि बेला दुर्घटनामा परेर देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा देखिरहेको छ । हामीले यो देशको दुर्दशालाई हेर्न एकदिनमात्रै केही घण्टामात्रै त्रिभुवन विमानस्थलमा गएर हेर्ने हो भने सहजै देख्नसक्छौँ ।’

अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर नबस्ने बताउनु भयो । उहाँले चुप लागेर बस्नुलाई हिन्दुहरुको कमजोरी नठान्न चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म चेतावनीका साथ भन्न चाहन्छु । यदी सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरियो भने अब नेपाली जनता चुप लागेर बस्ने छैनन् । धरानको घटना, सर्लाहीको घटना र देशका अन्य भागमा र मधेस तराईमा केही समय यता हिन्दुहरुमाथि संगठित रुपले आक्रमण गर्ने प्रयास भइरहेको छ । पहाडमा धर्म परिवर्तनको डढेलो लगाइसके । म भ्रष्ट शासकहरुलाई अनुरोध गर्न चाहन्छु ।

तपाईहरुले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने अब हिन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर बस्दैनन् । हामीले धेरै सही सकेका छौँ । हाम्रै घरअघि धर्म परिवर्तन हुँदा पनि चुप लागेर बसेका छौँ । सहकार्य गरेर बसेका छौँ । यसलाई हिन्दुहरुको कमजोरी नठानियोस् । जिस्काउने काम कसैले नगरोस् ।’

अध्यक्ष थापाले हिन्दुहरु सधैँ चुप लागेर बस्छन् भन्ने नठान्न चेतावनी दिनुभयो ।