२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक/एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका हुन् । न्यायाधीशका लागि सिफारिस हुनेमा राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुङ्गाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजीबहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी र विनोदकुमार पोखरेल रहेका छन् ।

त्यस्तै, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको नाम सिफारिस भएको हो । कानुन व्यवसायीबाट सिफारिसमा पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन रहनुभएको छ । रासस