१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

न्याय दिने निकायले अन्याय गरेपछि कता जाने ?

न्याय दिने निकायले अन्याय गरेपछि कता जाने ?
अ अ+ अ-

सर्लाही ।सर्लाही जिल्लाको ईश्वरपुर नगरपालीका वडा नं ६ बयलबास बजार का लामो समय देखी बस्दै आएका परिबार यतिबेला बिचल्लीमा परेका छन् । फुलजोर- त्रिभूवननगर सडक बिस्तारका नाममा नगरपालीकाले एकपक्षीय रुपमा बाटो बिस्तार गर्ने भन्दै मापदण्ड बिपरित घर भत्काएपछि करिव ३५ परिबारको उठिबास हुन लागेको हो ।

 सो सडक खण्डमा सडकको केन्द्रभाग बाट दुबै तर्फ आठ आठ मिटर कायम गरिएको भएपनि पूर्बीभागलाई यथाबत राखेर पश्चिम तीर मापदण्ड बिपरित भत्काईएको गुनासो स्थानिय बासिन्दाले गरेका छन् । नगरपालीकाले आफूहरु माथी ज्यादती गरेको भन्दै मिश्रीलाल साह रौनियार , रामबाबु साह , मदन साह, लक्ष्मी साह  लगायतका स्थानिय बासन्दा उच्च अदालत देखी २ नम्बर प्रदेशको प्रदेश शभा सम्म न्याय खोज्दै पुगे ।

उच्च अदातदलतमा दायर भएको मुद्दा बिचाराधिन रहेकै अबस्थामा  नगरपाललीकाले सडकको पश्चिम क्षेत्रतर्फका बासिन्दा माथी ज्यादती गर्दे भत्काएको गुनासो उनिहरुको रहेको छ ।स्थानिय बासिन्दाको गुनासो पछि प्रदेश सभाम सचिवालयले सांसदहरु उपेन्द्र महतो , अशोककुमार यादव,जगतप्रसाद यादव,वीरेन्द्रकुमार सिहं र बेवी लुङ्गेली मगर रहेको एक कार्यदल गठन गरेको थियो ।  

बैशाख १० गते प्रदेश सभा सचिवालयले जिल्ला प्रशासन कार्यलय सर्लाही लाई एक पत्र लेख्दै सडक बिस्तारको अनुगमन,छानबनि गर्न र समितिको प्रतिबेदन नआउदा सम्म काम बिस्तारको काम रोक्का गर्न निर्देशन दिएपनि नगरपालीकले एकतर्फ रुपमा काम अघि बढाएको थियो ।

 उच्च अदालत जनकपुरमा मुद्दा बिचाराधीन रहेको र प्रदेश संसदले समेत यथास्थितीमा राख्न निर्देशन दिएको भएपनि नगरपालीकाले अटेर गरेको गुनासो स्थानिय बासिन्दाको रहेको छ ।  स्थानिय बासिन्दा भन्छ्न सरकारी मापदण्ड अनुसारको संरचना खाली गर्न समस्या होईन तर सडकको एक खण्डलाई केही पनि नचलाई अर्को खण्ड तीर भत्काउनु नगरप्रमुखको दुरासय बाहेक केही होईन । नगरप्रमुखले राजनीतिक प्रतिशोध राख्ने काम गर्नुभयो निर्धा नागरिक माथी उँहाले ज्यादती गर्नुभयो भन्दै स्थानिय बासिन्दाले गुनासो गरे ।  

मापदण्ड बिपरित कार्यभएको भन्दै संरचना भत्काउने क्रममा पटक पटक स्थानिय बासिन्दाले प्रतिरोध पनि गरे । तर उनिहरुको प्रयास ब्यर्थ भयो । सडक मापदण्ड अनुसार डेढ फिट सम्म भत्काउनु पर्ने घरहरु चार फिट सम्म भत्काईए पछि धेरैको उठिबास हुने अबस्था सृजना भएको छ । एक त महामहारीको बेला अर्को तर्फ मापदण्ड बिपरित आफुहरु बसिरहेको संरचना भत्काएपछि बयलबास बजारका बासिन्दा समस्यामा परेका छन् ।